महिलाको कान काटेर सुन तथा नगद लुटपाटको भन्दै बेलडाँडीबाट एक जना पक्राउ

  शनिबार ३०, असार २०८० ०७:२४

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिलामा एक महिलाको कान काटेर सुन तथा नगद लुटपाटको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । 

गएरातिको उक्त घटनामा अन्दाजी ४०।४५ वर्षीय पुरुषलाई पक्राउ गरिएकोउ हो । उनले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेकोले गएराति सोधपुछ गर्न नसकिएको हुँदा आज घटनाको विषयमा थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तको भनाइ छ । 

पीडित भनिएकि महिला, लुटिएको सुनको मात्रा र नगद तथा पक्राउ परेका पुरुषको विवरण पछि उपलब्ध गराउने प्रहरीले जनाएको छ ।

clock शनिबार ३०, असार २०८० ०७:२४

प्रतिक्रिया