बैतडीमा शिक्षक हत्या प्रकरणः अभियुक्तलाई जन्मकैदको फैसला

  मङ्गलबार १९, असार २०८० १४:३०

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा संलग्न भनिएका दम्पतीलार्य जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ । 

शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । 

बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो । 

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

clock मङ्गलबार १९, असार २०८० १४:३०

प्रतिक्रिया