इन्सेकद्वारा दार्चुलाका कार्की सम्मानित

  मङ्गलबार १९, असार २०८० १४:२६

धनगढी। अनौपचारिक क्षेत्र सेवा ‌केन्द्र (ईन्सेक) ले दार्चुला जिल्लाका क्रियाशील इन्सेक प्रतिनिधि तथा पत्रकार नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ।

मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कार्कीलाई सम्मान गरिएको हो।

इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै सुदुरपश्चिम प्रदेशबाट उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेकले सम्मान प्रदान गरेको हो।

उनलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।

clock मङ्गलबार १९, असार २०८० १४:२६

प्रतिक्रिया