बलात्कार आरोपमा दोधाराचाँदनीका दुई जना पक्राउ

  मङ्गलबार १९, असार २०८० १४:२१

कञ्चनपुर । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना व्यवसायी पक्राउ परेका छन्। दोधाराचाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्टस्थित प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति दुबै जनाले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

उक्त डेरी उपाध्यायले सञ्चालन गरिरहेका थिए। प्रहरी स्रोतका अनुसार सोहीँ ठाउँकी किशोरी आइतबार साँझ कञ्जभोजस्थित आफन्तको घरमा ‘बर्थडे’ पार्टीमा जान भनेर घरबाट निस्किएकी थिइन्।

‘मोटरसाइकलमा कञ्चभोज पु¥याइदिन्छु भन्दै उपाध्यायले किशोरीलाई पसलभित्र बोलाएर सटर तानेर बन्द गरेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि खत्रीलाई बोलाएर उनीहरुले सामुहिक बलात्कार गरेको देखिन्छ।’

खत्री पनि दुग्ध व्यवसायी हुन। उनको दोधाराचाँदनी नगरपालिका–७ बाबाथान बजारमा डेरी पसल छ। उपाध्यायले किशोरीलाई सटर लगाएर कोठाभित्र थुनेपछि फोन गरेर खत्रीलाई बोलाएको प्रहरीले जनाएको छ। 

clock मङ्गलबार १९, असार २०८० १४:२१

प्रतिक्रिया