सहकारीको ऋण नतिर्नेलाई घोडाघोडीले नछोड्ने

  सोमबार १८, असार २०८० १४:४०

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरुलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले ऋण नतिरी अटेरी गर्ने खराब ऋणीहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित विभिन्न सहकारी संस्थाले ऋण तिर्न आग्रह गरेर पटक(पटक ताकेता गर्दा पनि ऋणीहरुले अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ । 

सहकारी संस्थाहरुले ऋण तिर्न ताकेता गर्दासमेत ऋणीहरुले बेवास्ता गरेको भनि गुनासो व्यापक आएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले सबै सहकारी संस्थाका शेयर सदस्यलाई परिपत्र गर्दै सहकारीमा सम्पर्क गरी ऋण भुक्तानी गरिदिन आग्रह गरेको छ । 

‘विभिन्न सहकारी संस्थाबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरुले ऋण नतिरेको साथै ऋण लिएका व्यक्तिहरुलाई पटकपटक सहकारी संस्थाले ऋण तिर्न ताकेता गर्दासमेत सम्पर्कमा नआएको भनि गुनासो प्राप्त भएको हुँदा ऋण नतिरेका ऋणीहरु सम्बन्धित सहकारीमा सम्पर्क गरी ऋण भुक्तानी गरिदिनुहुन अनुरोध छ’, पत्रमा उल्लेख छ ।

clock सोमबार १८, असार २०८० १४:४०

प्रतिक्रिया