कञ्चनपुरको कृष्णपुरनगरका ६५ परिवारलाई जग्गाधनी पुर्जा

  आइतबार १७, असार २०८० १०:२५

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६५ परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ का ६५ परिवारले जमिनको लालपुर्जा पाएका हुन्। 

शनिवार एक कार्यक्रमबीच कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगले जमिन भएका, तर लालपुर्जा नपाएका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको हो।

विगतमा आयोगले अव्यवस्थित बसोवासीको हकमा गरेको अधुरो काम राष्ट्रिय भूमि आयोग कञ्चनपुरले पूरा गर्दै उनीहरूलाई लालपुर्जा वितरण गरेको छ। 

लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ (चौधरी) ले सरकारले देशैभरिका जनतालाई जमिन वितरण गर्ने बताइन्। उनले अव्यवस्थित बसोवासीको हकमा लालपुर्जाका लागि लाग्ने राजस्व दस्तुर घटाउने प्रतिबद्धता समेत जाहेर गरिन्। 

clock आइतबार १७, असार २०८० १०:२५

प्रतिक्रिया