कञ्चनपुरको दोदा नदी किनारमा एक जना मृत फेला

  आइतबार १७, असार २०८० १०:१८

कञ्चनपुर । कञ्चनपुरको दोदा नदिको किनारमा एक जना मृत फेला परेका छन् ।  जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर( ४ जाँईका ४५ वर्षिय करनसिंह साउँद मृत फेला परेका हुन्। 

उनी दोदा नदीको छेउमा मृत फेला परेको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएका साउँद साँझसम्म घर नआएपछि स्थानीयले खोजी गरेका थिए।

उनी शनिवार राति मृत फेला परेका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

clock आइतबार १७, असार २०८० १०:१८

प्रतिक्रिया