श्री एयरलाइन्सका आजका सम्पूर्ण उडान स्थगित

  आइतबार १७, असार २०८० १०:१०

धनगढी ।  श्री एयरलाइन्सले आजका सम्पूर्ण उडान स्थगित गरेको छ। शनिवार साढे तीन बजे काडमाण्डौंबाट धनगढीका लागि उठेको श्री एयरको विमानमा समस्या आएपछि आइतवारका सम्पूर्ण उडान स्थगित गरिएको हो।

श्री एयरको उठान नम्बर २२५ को विमानमा शनिवार प्राविधिम समस्या आएकाले काठमाण्डौं फर्किएको थियो।  एयरलाइन्सले प्रेस नोट सार्वजनिक गर्दै आइतवारका सम्पूर्ण उडान स्थगित गरिएको बताएको छ।

आइतवार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको बताइएको छ। सोमवारदेखि भने सबै उडान नियमित हुनेछ। काठमाण्डौंबाट धनगढीका लागि उडेका श्री एयरको विमानमा पटक–पटक प्राविधिक समस्या आउने गरेको छ।

clock आइतबार १७, असार २०८० १०:१०

प्रतिक्रिया