युवा उद्यमी मञ्च कैलालीकाे अध्यक्षमा शाहि निर्वाचित

  बुधबार १३, असार २०८० ०६:२४

धनगढी ।  युवा उद्यमी मञ्च  कैलालीकाे अध्यक्षमा कुबेर शाहि निर्वाचित भएका छन । कैलालीकाे धनगढीमा भएकाे छैटाैं साधारणसभाबाट शाहि निर्विरोध निर्बाचित भएका हुन ।

मन्चकाे प्रथम उपाध्यक्षमा तर्कराज भट्ट र द्वितीय उपाध्यक्षमा  अच्युत दाहाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा आयूस माेहपाल, शिबराज ओझा, राहुल गुप्ता,  आदित्य हमाल, आयूस हमाल, श्रिष्टि पाण्डे, आशिष शाह र विनय चाेखाल निर्विरोध निर्वाचित भएका हुन् ।

 युवा उद्यमी मञ्चका निबर्तमान अध्यक्ष अभियान खड्काकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अथिति आर्थिक मामिला मन्त्रि नरेश शाहि रहेका थिए ।

clock बुधबार १३, असार २०८० ०६:२४

प्रतिक्रिया