डोटी र डडेल्धुराका बिद्यालयमा शैक्षिक सामाग्री सहयोग

  मङ्गलबार १२, असार २०८० १३:२२

धनगढी । डोटी र डडेल्धुराका बिभिन्न बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले बाल विकाश सुधार कार्यक्रम अन्तरगत डोटीका ६ र डडेल्धुराका १ गरी ७ वटा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको गरेको हो । 

May be an image of 6 people, television, childrens toy and text

मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार पुर्वीचौकी गाउँपालिकाका, दिपायल सिलगढी नगरपालिका र सायल गाउँपालिकाका २ २ र डडेल्धुराको अमरगढी नगरपालिकाको एक विद्यालयमा सामाग्री बितरण गरीएको हो । 

अध्यक्ष भक्तराज जोशीका अनुसार शिषु कक्षा व्यवस्थापनका लागि बिद्यार्थिको अनुपातमा हेरेर पि फम कार्पेट, राउन्ड टेवल, टि वि टेबल, विभिन्न खेलौना र एल इ डि स्क्रीन सहयोग गरिएको हो । 

May be an image of 9 people, people studying and text
 

clock मङ्गलबार १२, असार २०८० १३:२२

प्रतिक्रिया