धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाईकल ठोक्किदा दुई युवकको मृत्यु
धनगढी । धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको बताए ।
उनकाअनुसार गम्भीर अवस्थामा उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरूको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।
ट्रक र चालक चुरे गाउँपालिका-३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया