धनगढीस्थित एमाले पार्टी कार्यालयमा आगजनी

  मङ्गलबार २४, भदौ २०८२ १४:०४

धनगढी । धनगढीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएको छ। जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले सोमबार कार्यालयमा ढुंगामुढा गर्दै आगजनीसमेत गरेका हुन्। स्थानीयका अनुसार प्रदर्शनकारीले कार्यालयको मुख्य ढोका तथा भित्री भागमा तोडफोड गरेका थिए। 

आगलागीबाट कार्यालयमा रहेका कागजात, फर्निचर र केही सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 

अहिले घटनास्थल वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जेनजीका प्रदर्शनकारीहरूले एमाले नेतृत्वको नीति तथा गतिविधि विरुद्ध नाराबाजी गर्दै कार्यालय लक्षित तोडफोड तथा आगजनी गरेका हुन्।

clock मङ्गलबार २४, भदौ २०८२ १४:०४

प्रतिक्रिया