बाजुराका अधिकांश स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य

  मङ्गलबार २४, भदौ २०८२ ०८:५६

बाजुरा । बाजुराका अधिकांश स्थानीय खोलामा बनाइएका काठेपुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

ठुला खोलामा झोलुङ्गे पुलबाट आउजाउ गर्न सहज भए पनि साना खोलामा पुलको व्यवस्था नहुँदा बर्खाको समय उनीहरूलाई काठेपुलको जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको हो । 

खोलामा पक्की पुल नहुँदा बर्खाको समयमा त्यहाँ रहेका काठेपुलमा जोखिमपूर्ण यात्रा गर्नु परेको खप्तडछेडेदह गाउँपालिका–३ का जकन विकले बताउनुभयो ।  

clock मङ्गलबार २४, भदौ २०८२ ०८:५६

प्रतिक्रिया