बाजुराका स्थानीयको काठे पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता
बाजुरा । बाजुराका अधिकाशं स्थानीय काठेपुलमा जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका स्थानीयलाई ठुला खोलामा झोलुङ्गे पुलको साहाराले आउजाउ गर्न सहज भए पनि ससाना खोलामा पक्की पुलको व्यवस्था नहुँदा वर्खाको समय उनीहरूलाई काठेपुलको जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
अहिले यहाँका सबै गाउँ बस्तीमा सडक पुगेका छन् । ती सडकको बिचमा पर्ने खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँ राखेका काठेपुलमा जोखिम पूर्ण यात्रा गर्नुपरेको खप्तड छेडेदह गाउँपालिका–३ जकन विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा रहेका खहरे खोला तर्नका लागि सहज हुने गरी स्थानीय तहले केही रकम दिने गर्छ । त्यो रकमले यहाँका स्थानीय त्यहाँ काठेपुल निर्माण गर्दछन्। ”
काठेपुलमा स्थानीयलाई आउजाउमा सहज हुने गरेको भएपनि सवारी साधनमा ज्यान जोखिम राखेर वारपार गर्नुपरेको विकले बताउनुभयो ।
पुडाबाउला हुँदै डोगडी सम्मको सडकको बिचमा धेरै खोला छन् । ती खोलामा हिउँदको समय गाडी राम्रो सँग गुड्ने गर्छन् । तर वर्खाको समय भने त्यहाँ पक्की पुल नहुँदा समस्या हुन्छ । यही समस्या समाधानका लागि हामीले सडक डिभिजिन कार्यालय अछामलाई भनेका छौँ । उतादेखि पुल हाल्ने गरी यो वर्ष ती खोलामा सर्भे गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका–२ का वडाध्यक्ष बीर्कबहादुर रावतले बताउनुभयो ।
यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ , बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहका विभिन्न खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ ।
ूहामीले राजमार्गमा मात्र काम गर्छौं । ग्रामिण क्षेत्रमा काम गर्दैनौ । हामीसँग त्यसका लागि रकम पनि आउँदैन,ू उहाँले भन्नुभयो । रकम नआए पनि हामीले त्यहाँ काम पनि गर्न नसक्ने सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी सुवाष साहले बताउनुभयो ।
प्रतिक्रिया