निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा अवस्थी

  आइतबार २२, भदौ २०८२ १४:४०

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुष्पराज अवस्थी निर्वाचित भएका छन। शनिबार महेन्द्रनगरमा सम्पन्न १५औँ अधिवेशनबाट अध्यक्ष पदमा अवस्थी निर्वाचित भएका हुन्।

अवस्थीले निकटतम प्रतिद्वन्द्वी तत्कालीन अध्यक्ष निरञ्जन प्रसाद भट्टलाई १७ मतान्तरले पराजित गर्दे अध्यक्षमा विजयी भएका निर्वाचन अधिकृत पदमराज भट्टले जानकारी दिए। भट्टले १३२ मत प्राप्त गर्दा अवस्थीले १४९ मतसहित निर्वाचित भए।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा देव बहादुर चन्द, उपाध्यक्षमा यज्ञराज बैज, महासचिव पदमा देवीदत्त भट्ट, सह–कोषाध्यक्षमा हेम महरा विजयी हुनुभएको छ। यसअघि संघको सचिव र कोषाध्यक्षमा भने वृज किशोर चन्द र तेजबहादुर चन्द निर्विरोध चयन हुनुभएको थियो।

यसैगरी संघको सदस्यतर्फ गणेश सुवेदी, चन्द्र सिंह कार्की, दीपक कार्की, नवीन चन्द, मनिराज रेग्मी, महेश जोशी र सन्तोष खत्री विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टले बताए। निर्माण व्यवसायी संघ कञ्चनपुरमा २९२ मतदाता रहेकोमा शनिवार भएको निर्वाचनमा २८१ मत खसेको थियो।

clock आइतबार २२, भदौ २०८२ १४:४०

प्रतिक्रिया