सशस्त्र प्रहरीले १४ लाख बढी मूल्यको अबैध सामान बरामद
कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे.क्वा. कैलालीले १४ लाख रुपैयाँभन्दा बढी मूल्यका अबैध सामान बरामद गरेको छ।
कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुरस्थित सहायक सीमा स्तम्भ नं. ७३४–४ नजिकै विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा करिब पाँच लाख पन्ध्र हजार रुपैयाँ मूल्य बराबरका लेडिज कपडा, बच्चाका खेलौना र पटाका बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक गंगाधर मल्लको कमाण्डमा खटिएको ११ जनाको टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइएको अवस्थामा भेटिएका करिब दुई लाख बाह्र हजार रुपैयाँ बराबरका कपडा र खेलौना आवश्यक कारबाहीका लागि भदौ २२ गते कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको जनाएको छ।
त्यस्तै, करिब तीन लाख तीन हजार रुपैयाँ बराबरका पटाका भने धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरी, पत्रकार तथा स्थानीय व्यक्तिहरुको रोहवरमा सशस्त्र प्रहरी बल ३४ गणको कार्यालय परिसरमै नष्ट गरिएको हो ।
प्रतिक्रिया