डडेल्धुराको रंगुन खोलामा बगेर एक जनाको मृत्यु

  आइतबार २२, भदौ २०८२ ०८:४०

डडेल्धुरा । डडेल्धुराको रंगुन खोलामा बगेर एक जनाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–३ नवलपुरका ५४ वर्षीय ईश्वर बुढामगरको रङ्गुन खोलामा बगेर मृत्यु भएको हो।

भदौ १८ गते बुधबार राति करिब २ बजे घरबाट निस्केका उनी हराएपछि परिवारले खोजी गरेको थियो। खोजीक्रममै शुक्रवार साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उनको शव फेला परेको डडेल्धुरा प्रहरीले बताएको छ।

clock आइतबार २२, भदौ २०८२ ०८:४०

प्रतिक्रिया