कञ्चनपुरको डोकेबजारबाट लागुऔषधसहति डोटीका टेकेन्द्र पक्राउ

  आइतबार २२, भदौ २०८२ ०८:३८

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। डोटीको जोरायल गाउँपालिका–४ जिजिकोटका २५ वर्षीय टेकेन्द्र कुँवर एक ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट शनिवार उनी भारतबाट नेपाल तर्फ आउदै गर्दा पक्राउ परेका प्रहरीले बताएको छ।

प्रहरी चौकी परासन, कञ्चनपुरको टोलीले कुँवरलाई पक्राउ गरेको हो। सोही विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

clock आइतबार २२, भदौ २०८२ ०८:३८

प्रतिक्रिया