बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आइतवार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ।
नगरपालिकाको २ नम्बर वडास्थित निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा आज सार्वजनिक बिदा दिइएको हो।
नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।
निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी जात्रा सुरु भएको हो । जात्रा आज भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ।
प्रतिक्रिया