डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु. एक करोड ६७ लाख ७९ हजारको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए । रासस
 
                     
                                 
                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                        
प्रतिक्रिया