फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

  शुक्रबार २०, भदौ २०८२ १३:२६

काठमाडौँ । फेसबुकपछि ट्वीटर (एक्स) समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ  । 

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।

ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

इमेल पाएसँगै यसबारे जानकारी गराइएको उनले जानकारी दिए । पठाएका विवरणसहित विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने उनले बताए ।

clock शुक्रबार २०, भदौ २०८२ १३:२६

प्रतिक्रिया