अछामको साँफेबगर नगरपालिकाले महिनावारीमा विभेद गर्नेलाई सेवासुविधा नदिने
अछाम । अछामको साँफेबगर नगरपालिकाले महिनावारी भएको बेला विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको छ । नगरकार्यपालिकाको बैठकले महिनावारीको समयमा छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने सबैको सेवासुविधा रोक्ने निर्णय गरेको हो ।
महिनावारी विभेद गर्नेलाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरको कार्यपालिका बैठकले महिनावारीको समयमा विभेद गर्नेलाई सेवासुविधा नदिने निर्णय गरेको बताए ।
उनले बैठकले जातिय छुवाछुत तथा भेदभाव गर्नेलाई कानुन अनुसार कार्वाहीका लागि सिफारिस गर्ने र न्यायिकसमिति मार्फत जनचेतना मुलक कार्यक्रमहरु सचालन गर्ने निर्णय गरेको उनले बताए । सबै वडाहरुसँग समन्वय गरि गोठ भत्काउने अभियान सञ्चालन गरिने उनको भनाई छ ।
प्रतिक्रिया