कैलालीको त्रिनगर भन्सारबाट लागूऔषधसहित ३ जना पक्राउ

  शुक्रबार २०, भदौ २०८२ १०:०३

धनगढी । कैलालीको त्रिनगर भन्सारको व्यारेल नजिकबाट डडेल्धुरा एक र धनगढीका २ गरी लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट डडेल्धुराको अम्मरगढी नगरपालिका–७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई लागूऔषधसहित पक्राउ परेका हुन्। भट्टराईलाई १ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ व्यारेल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ६५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय सोभत राना पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट ९ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइक

clock शुक्रबार २०, भदौ २०८२ १०:०३

प्रतिक्रिया