आईजीपी खापुङको पहिलो निर्णय: प्रहरी कर्मचारीको निधनपछि अलग्गै किरियापुत्री भवन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले पहिलो निर्णयको रुपमा बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरुलाई लक्षित गरी निधन हुँदा आशौच बार्ने संस्कारका लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् ।
उनले काठमाडौं महानगर वडा नं. ३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको नाममा रहेको जग्गामा उक्त भवन बनाउने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
प्रतिक्रिया