धनगढीको बङ्ग्राकट्टानबाट सशस्त्रद्वारा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा

  बिहिबार १२, भदौ २०८२ १२:०३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९, बङ्ग्राकट्टान सीमा नाकामा सशस्त्र प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सोमबार दिउँसो करिब १२स्५० बजे भारततर्फबाट पैदल नेपाल प्रवेश गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा धनगढी–५ शिवनगरका २५ वर्षीय निराजन थापा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल, बिओपी बगरकट्टानले जनाए अनुसार थापाको साथबाट ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, दुई थान मोबाइल र थारु समुदायको नेपाली नागरिकता प्रमाणपत्र बरामद गरिएको छ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गोपी सिंहको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवकलाई बरामद वस्तुसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।

clock बिहिबार १२, भदौ २०८२ १२:०३

प्रतिक्रिया