कैलालीका प्रहरी प्रमुख एसपी राणा तानिए, चन्द पठाइए
धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाको काज सरूवा गरिएको छ । कैलाली कारागार घटनामा विवादमा तानिएका एसपी राणालाई प्रहरी प्रधान कार्यालयले तानेको हो ।
राणाको ठाउँमा एसपी नरेन्द्र बहादुर चन्दलाई पठाइएको छ । चन्द केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए ।
कैलाली कारागारमा गत २३ साउन राति कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सुरक्षा गर्न नसकेको भन्दै यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई तानेको थियो ।
घटनामा गम्भीर खालको कमजोरी गरेको भेटिएपछि सीडीओ तानिएपछि एसपीमाथि समेत कारवाही गर्न दबाब बढेको थियोे ।
प्रतिक्रिया