सुदूरपश्चिममा गौराको चहलपहल सुरु, भोली बिरुडा पञ्चमी
बैतडी । सुदूरपश्मिको प्रमुख सांस्कृतिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ ।
भदौ १२ गते बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात गरिने स्थानीय संस्कृतिविद् आचार्य घनश्याम लेखकले जानकारी दिए ।
पञ्चमीमा गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाउने परम्परा छ । यसलाई तामाको भाँडामा भिजाएर गौरादेवी र महेश्वरको पूजाआजा गरिने उनले बताए।
ज्योतिष पण्डित लवदेव भट्टका अनुसार यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन छ ।
प्रतिक्रिया