बाजुरामा नदीमा बगेर एक जनाको मृत्यु

  मङ्गलबार १०, भदौ २०८२ १५:०१

बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको नदीमा बगेर मृत्यु भएको हो ।

माछा मार्न गएका महतको बुढीगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोमबार माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० ईकवाल हवारीले बताए ।

उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिब तीन किलोमिटर तल बिरेखोला नजिकै फेला परेको थियो ।

clock मङ्गलबार १०, भदौ २०८२ १५:०१

प्रतिक्रिया