कैलालीको धनगढीबाट १० लाख बढीको अबैध औषधी सहित २ जान पक्राउ

  मङ्गलबार १०, भदौ २०८२ ०९:४३

धनगढी । कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ७ मोतिचोक ईलाकामा १० लाख बढीको अबैध औषधी सहित २ जान पक्राउ  सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  

भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा १० लाख ६५ बढीको अबैध औषधी र उक्त औषधी बोक्न प्रयोग गरिएको मोटसाईकल सहित २ जना पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स.प्र.बल नेपाल नं. ३४ गण हे.क्वा. कैलालीबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा कैलारी गाउपालिका–५ पवेरा बस्ने ३० बर्षिय मनोज कुमार चौधरी र गौरीगंगा नगरपालिका – १० उदासीपुर बस्ने २६ को खेमराज चौधरीलाई अबैध औषधी सहित पक्राउ गरेको सहप्रवक्ता डिएसपी थापाले जानकारी दिए।

भारतबाट अवैध रूपले ल्याउदै गरेको अबैध औषधी र उक्त औषधी बोक्न प्रयोग गरिएको मोटसाईकल सहित पक्राउ परेका दबैलाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

clock मङ्गलबार १०, भदौ २०८२ ०९:४३

प्रतिक्रिया