कैलाली कारागारका थुनुवाको मृत्यु

  सोमबार ०९, भदौ २०८२ १७:१८

धनगढी । कैलाली कारागारमा एक थुनुवाको मृत्युु भएको छ । जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्युु सोमबार दिउँसो मृत्युु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर प्रकाश ढुंगानाले रिंगटा लागेको भनेपछि चौधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको बताए ।

अस्पताल पुगाएको केहीबेरमा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको ढुंगानाले बताए । उनकाअनुसार जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या थियो ।

ढुंगानाले चिकित्सकले उच्च रक्तचापकै कारण चौधरीको मृत्यु भएको कुरा बताएका छन् । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उनी बताउँछन् ।

clock सोमबार ०९, भदौ २०८२ १७:१८

प्रतिक्रिया