धनगढीको दीपनगरमा करेन्ट लागेर युवकको मृत्यु

  शनिबार ०७, भदौ २०८२ ०७:५१

कैलाली । धनगढीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरका २० वर्षीय युघिस्टर बुढामगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुढामगरलाई शुक्रबार साँझ करिब सवा ७ बजे आफ्नै घर नजिक हल्दुको रुखमा हाँगा काट्ने क्रममा नजिकैको हाईटेन्सन लाइनमा छुने क्रममा उनी करेन्ट लागी गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार ०७, भदौ २०८२ ०७:५१

प्रतिक्रिया