कृष्णपुर नगरपालिकाले ल्यायो १ अर्ब २ करोडको बजेट

  बुधबार ११, असार २०८२ ०६:०९

 

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्ब २ करोड २८ हजार ४५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार नगरपालिकाको १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट प्रस्तुत गरिएको हो । 

बजटको श्रोतको रुपमा आन्तरिक आयतर्फ ८ करोड रुपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १५ करोड १९ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । 

राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट १५ करोड ३० लाख ९३ हजार ४५१ रुपैयाँ र प्रदेश सरकारबाट ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा कोषतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड १ लाख रुपैयाँ र प्रदेश सरकारको सशर्त अनुदानतर्फ १ करोड ९६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अन्य शीर्षकहरूमा संघीय सरकारको समपुरक अनुदान ८३ लाख रुपैयाँ, प्रदेश सरकारको समपुरक अनुदान २ करोड १० लाख रुपैयाँ, संघीय सरकारको विशेष अनुदान ४ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारको विशेष अनुदान ४० लाख रुपैयाँको अनुमान गरिएको छ ।

यसअघि चालु आर्थिक वर्ष २०८१/८२ मा कृष्णपुर नगरपालिकाले ९७ करोड ५ लाख ६० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

clock बुधबार ११, असार २०८२ ०६:०९

प्रतिक्रिया