पेट्रोल र डिजेलको मूल्य घट्यो

  शनिबार ०३, चैत २०८० ०७:११

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिले शुक्रवार बसेको बैठकले आजै मध्यरातीदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। 

भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएकाले निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो।

clock शनिबार ०३, चैत २०८० ०७:११

प्रतिक्रिया