दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

  शुक्रबार ०९, चैत २०८० ०६:४०

दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालयले बिहीबार साँझ केजरीवाललाई उनको निवासबाट पक्राउ गरेको हो।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिनेछ। ईडीले सोधपुछका लागि उनको हिरासत खोज्नेछ।

अहिले दिल्लीका मुख्यमन्त्रीको निवास बाहिर ठूलो संख्यामा अर्धसैनिक बल र दिल्ली पुलिसका जवानहरू उपस्थित छन्।

मुख्यमन्त्री निवासबाहिर आम आदमी पार्टीका कार्यकर्ताको भीड लगातार बढिरहेको छ । यससँगै आम आदमी पार्टीले यस विषयमा सर्वोच्च अदालतको ढोका ढकढक्याइरहेको छ ।

clock शुक्रबार ०९, चैत २०८० ०६:४०

प्रतिक्रिया