भारतमा लोकसभा चुनाव सात चरणमा, पहिलो चरणको मतदान १९ अप्रिलमा

  शनिबार ०३, चैत २०८० १६:४३

काठमाडौँ । भारतमा शनिबार लोकसभा चुनावको मिति घोषणा गरिएको छ । भारतीय चुनाव आयोगका अनुसार सात चरणमा चुनाव हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिलमा हुने भएको छ ।

दोस्रो २६ अप्रिल, तेस्रो ७ मे, चौथौं १३ मे र पाँचौं चरणको मतदान २० मे हुने छ । यस्तै, छैटौं चरणको मतदान २५ मे र सातौं चरणको १ जुनमा हुने भएको छ । मतगणना ४ जुनदेखि सुरु हुनेछ ।

भारत निर्वाचनको तथ्यांक:

कुल योग्य मतदाताः                   ९६.८ करोड

पुरुषः                                       ४९.७ करोड

महिलाः                                    ४७.१ करोड

पहिलो पटक मतदाताः              १.८ करोड

युवा मतदाताः                           १९.७४ करोड

अपाङ्गता भएका व्यक्तिहरू:    ८८.४ लाख

८५ भन्दा उमेर समूहः              ८२.८५ लाख

सय वर्ष पुगेका मतदाताः          २.१८ लाख

ट्रान्सजेन्डर मतदाताः                ४८ हजार

clock शनिबार ०३, चैत २०८० १६:४३

प्रतिक्रिया