चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै

  शनिबार ०६, साउन २०८० १७:३७     विश्वास खबर

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा  ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । 

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकीछिन । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकीछन् । 


शनिवार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको. तालिका मिलाइरहेकीछिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटघाट गर्ने बताइएको छ । 

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ । 


नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरुको नेपाल आउनेक्रम पनि बढेको छ ।

clock शनिबार ०६, साउन २०८० १७:३७     विश्वास खबर

प्रतिक्रिया