दिल्लीमा बाढीले बेहाल : यमुना नदीले तोड्यो रेकर्ड, होचो स्थानका विद्यालय बन्द

  बिहिबार २८, असार २०८० ०७:१९

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीलाई अविरल वर्षासँगैको बाढीले बेहाल बनाएको छ । दिल्ली भएर बग्ने यमुना नदीले बुधवार सबै रेकर्ड तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बुधवार राति यमुनाको जलस्तर २०८.८ मिटर मापन गरिएको छ । यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ मिटर मापन गरिएको थियो ।

बुधवार यमुनाको जलस्तर खतराको सतहभन्दा २ मिटर माथि पुगेको छ । आगामी २४ घण्टामा समेत दिल्लीमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा धारा १४४ लागू गरिएको छ भने होचा स्थानका विद्यालय बन्द गरिएको छ । हालसम्म १६ हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीवार बिहान ८ बजेसम्म यमुनाको जलस्तर  २०८।३० मिटरसम्म पुग्ने पूर्वानुमान गरिएको छ । भारतको हरियाणासम्मको पानी बगेर दिल्ली हुँदै जाने गरेको छ । एजेन्सी

clock बिहिबार २८, असार २०८० ०७:१९

प्रतिक्रिया