धनगढीमा काइट एजुकेसन हबको अभिनेता पुष्प खड्का गरे भव्य उद्घाटन
धनगढी । काठमाडौंमा १२ वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको काइट एजुकेसन हबले अब आफ्नो सेवा सुदूरपश्चिममा पनि विस्तार गर्दै धनगढीमा मुख्य कार्यालय स्थापना गरेको छ। धनगढी मेनरोडस्थित मुख्यमन्त्री कार्यालयको ठीक अगाडि रहेको नवस्थापित कार्यालयको उद्घाटन अभिनेता पुष्प खड्काले एक भव्य समारोहबीच रिबन काटेर गरेका हुन् ।
उद्घाटन कार्यक्रममा शिक्षा तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए। अभिनेता खड्काले उद्घाटन समारोहमा काइट एजुकेसन हबको सफलताको शुभकामना दिँदै यसले सुदूरपश्चिमका युवाहरूलाई विदेश अध्ययनको मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे।
संस्थाका सञ्चालक हेमराज साउदले आफू सुदूरपश्चिमकै स्थानीय भएकाले यहाँका युवालाई गुणस्तरीय शैक्षिक सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले शैक्षिक क्षेत्रमा अहिले प्रतिस्पर्धात्मक बजार भएकाले हामीले सेवा र दृष्टिकोणमा फरक बनाउन चाहेको बताए । हामी सफल हुनेमा पूर्ण विश्वास लिएको उनको भनाई छ ।
काइट एजुकेसन हबबाट अब जापानी र कोरिय, अमेरिका, बेलायत र युरोपेली देशहरुमा जान सकिने छ । संञ्चालक साउदले काइट एजुकेसनमा भाषा कक्षा, साथै पिटिई,आएल्सजस्ता अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरू सञ्चालन गरिनेछ र अहिले केहि महिला भाषाको तयारी कक्षामा ५० देखि ७५ प्रतिशत छुटको ब्यवस्था गरिएको जानकारी दिए ।
उनले काइट एजुकेसनमा अध्यापन गर्ने प्रशिक्षकहरूमा कोरिया लगायत विभिन्न देशमा बसेर अनुभव हासिल गरेका व्यक्तिको बताए। साउदका अनुसार, धनगढी कार्यालयमार्फत अब सुदूरपश्चिमका विद्यार्थीहरूलाई राजधानी जानु नपरी स्थानीय स्तरमै उच्चस्तरको शैक्षिक सेवा प्राप्त हुने व्यवस्था मिलाइएको छ।
उद्घाटन समारोहमा फिल्मी निर्देशक तथा डाइरेक्टर नवल नेपाल, नेपाल चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष समिर बलामी , लेखक तथा कलाकार हर्क साउद, जेडी एसोसियट्सका संयोजक दिनेश भण्डारी लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो। काइट एजुकेसन हबको यो पहलले सुदूरपश्चिममा विदेशी भाषा तथा अध्ययन तयारीमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया