लागुऔषध नियन्त्रण गर्न कार्यविधि निर्माण गरेर अघि बढ्दै कैलाली प्रहरी

  आइतबार ०१, असार २०८२ १५:१५

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध नियन्त्रण कार्यविधि बनाएको छ । आज जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरि सोको बारेमा जानकारी दिएको छ ।

कार्यविधिलाई प्रभावकारी कार्यान्वयन गर्न पत्रकारहरुसँग सुझाव पनि मागेको थियो । जिल्लाका गाउँटोल देखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेका र अभिभावकसँग ४ दिने अनुशिक्षणका कार्यक्रमको समेत कार्यविधिमा चर्चा गरिएको छ ।

कार्यक्रममा ९ लाख ७६ हजार खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणाले जानकारी दिए । ‘काम हामी गर्छौँ बिल भुक्तानी पालिकाले गर्ने हो’ उनले भने ‘सहभागीहरुका लागि खाना खर्च र भत्ताको समेत व्यवस्था गरिने छ ।’

मनोचिकित्सकद्वारा परामर्श, सहभागिको सामुहिक प्रतिवद्धता, समिति गठन,भौतिक रुपमा बसालेर पाठ्यक्रम वनाई परामर्श गर्ने जस्ता कार्यक्रम कार्यविधिमा समेटेको उनले बताए । उजले यो कार्यविधीले पछिल्लो समय समुदाय स्तरमा फैलिएको लागुऔषध दुर्व्यसनीको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

clock आइतबार ०१, असार २०८२ १५:१५

प्रतिक्रिया