शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औँ बार्षिक साधारणसभा सम्पन्न

  आइतबार ०१, असार २०८२ ०७:०३

धनगढी । धनगढी ५ मा रहेको शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ”सफा बसौं, स्वास्थ्य बनौँ, बाँचाऔं जिन्दगानी, दूषित होइन पिउने गरौँ शुद्ध खानेपानी” भन्ने मूल नाराका साथ २०६४ सालमा स्थापना भएको खानेपानी तथा उपभोक्ता समितिले  आफ्नो ११ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव मोहनराज ओझाले जानकारी दिए।

शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति धनगढीका कोषाध्यक्ष प्रेमबहादुर सिंहले वार्षिक प्रतिवेदन २०८१र०८२ अनुसार झण्डै २ करोड ८६ लाख ७८ हजार ७ सय ६४ रुपैयाँ ७१ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए। खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेशकुमार खातीको अध्यक्षतामा सुरु भएको ११ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथ्यता सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले गरेका थिए। यस्तै विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य सन्तोष शर्मा (थापा)  रहनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले कार्यक्रमलाई सम्बोधन गर्दै आगामी बजेटमा पनि यस खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लागि आफूले सक्ने गरी बजेट विनियोजन गर्ने बताए। 

११औं वार्षिक साधारण सभामा खानेपानी उपभोक्ता समितिका उपभोक्ता , जनप्रतिनिधि लगायत सरोकारवाला सबैको उपस्थिति रहेको शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव ओझाले जानकारी दिए।

“पानी जीवन हो, थोपा (थोपा संरक्षण गरौं ” भन्ने विचारलाई केन्द्रीयतामा राखेर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अगाडि बढेको छ।

clock आइतबार ०१, असार २०८२ ०७:०३

प्रतिक्रिया