कञ्चनपुरमा मदिराले मातेका राजुले ३ जनामाथि धारिलो हतियार चलाएपछि…

  शनिबार ३१, जेठ २०८२ १६:४३

धनगढी । कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्।

 

जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।

 

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँग विवाद गरेपछि ईट्टा र चक्कुजस्ता धारिलो वस्तु प्रयोग गरी तीन जनालाई कुटपिट गरेका हुन्।

 

आक्रमणमा परी सुनिता सुनारको निधार र मुखमा, सुशीला सुनारको टाउकोमा तथा गोविन्द सुनारको निधार र टाउकोमा चोट लागेको छ। घाइतेहरूको पुनर्वासस्थित आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

घटना लगत्तै आरोपी राजु सुनार फरार भएका छन्। उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

clock शनिबार ३१, जेठ २०८२ १६:४३

प्रतिक्रिया