पहिरोका कारण अछामको रामारोशन जाने सडक अबरुद्ध

  शनिबार ३१, जेठ २०८२ १३:२७

अछाम । अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशन जाने सडक पहिरोका कारण अबरुद्ध बनेको छ ।

अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले शनिबार बिहान सुख्खा पहिरो खस्दा शान्तडा रामारोशन सडक अबरुद्ध भएको जानकारी दिए ।

प्रहरीका अनुसार सडकको करिब २५ मिटर भागमा माथिबाट आएको पहिरोले ढाकेको छ । सडक खुलाउनका लागि रामारोशन गाउँपालिकाले पहल गरिरहेको छ ।
 

clock शनिबार ३१, जेठ २०८२ १३:२७

प्रतिक्रिया