कञ्चनपुरमा १३ वर्षीय बालक मृत अवस्थामा फेला

  शनिबार ३१, जेठ २०८२ ०७:४०

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोलमा एक बालक मृत अवस्थामा फेला परेका छन्।

 

शुक्रबार साँझ ५ : ३० बजे तिर १३ वर्षीय शुदर्शन डगौरा आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

कच्ची भुइँतले र टिनको छाना भएको घरको आँगनमा मृत फेला परेका बालकको घटनाबारे हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

 

clock शनिबार ३१, जेठ २०८२ ०७:४०

प्रतिक्रिया