गोदावरीको शारदा माविमा कार्यरत शिक्षक अवस्थीको सर्पको टोकाइबाट निधन
अत्तरिया । कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ ।
गोदावरी नगरपालिका – ८ मा श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षक अवस्थीको बिहिबार सर्पको टोकाइबाट निधन भएको हो ।
सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनी धनगढी उपमहानगरपालिका – ३ बोराडाँडी निवासी हुन ।
प्रतिक्रिया