अछाममा बालविवाह गरेका किशोर–किशोरी प्रहरी नियन्त्रणमा

  शुक्रबार ३०, जेठ २०८२ ०७:४०

अछाम । अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए।

विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो।

प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ।

उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

clock शुक्रबार ३०, जेठ २०८२ ०७:४०

प्रतिक्रिया