कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला
धनगढी । कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया