खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष बिष्ट सहित १० जनालाई सम्मान
धनगढी । खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्ट सम्मानित भएका छन् । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको अवशरमा बिष्ट सम्मानित भएका हुन् । पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको खेलकुद बिकासमा महत्वपुर्ण योगदान दिएको भन्दै बिष्टलाई सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन् ।
सोही अवशरमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पहिलो स्वर्ण दिलाउन सफल दिपेश खड्का (डेभिट) पनि सम्मानित भएका छन् । ग्रासरुट फुटवल अभियान चलाइरहेका खड्का फुवलका पुर्व राष्ट्रिय खेलाडी हुन् ।
कार्यक्रमकै अवशरमा क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिवल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी, राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत धामी, खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्ट सम्मानित भएका हुन् ।
कार्यक्रमकै अवशरमा उत्कृष्ठ जिल्लाका रुपमा नेपाल खेलकुद महासङ्घ कैतडीका अध्यक्ष भुपेन्द्र चन्द र सागिंतिक क्षेत्र तर्फ सजल कला केन्द्रकी सञ्चालिका पुस्पा बडैलालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
प्रतिक्रिया