धनगढीमा लागुऔषधसहित प्रहरी जवान पक्राउ

  बुधबार २८, जेठ २०८२ ०६:०५

धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक प्रहरी जवान पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार नेपाल प्रहरीका एक जवानलाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने गोदावरी नगरपालिका-९ घर भएका चिरञ्जीवी विश्वकर्मा रहेका छन् । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए। 

उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित सोही कार्यालय बाहिरको सडकबाट पक्राउ गरिएको हो। पक्राउ पर्दा उनको साथबाट ३८० मिलिग्राम हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

clock बुधबार २८, जेठ २०८२ ०६:०५

प्रतिक्रिया