कञ्चनपुरमा ग्यास लिक भएर एक घरमा आगलागी, १५ लाखको क्षती
कञ्चनपुर । कञ्चनपुरमा ग्यास लिक भएर एक घरमा आगलागी हुुँदा १५ लाखबढीको क्षती भएको छ।
जिल्लाको जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ।
आगलागीबाट मानविय तथा पशुचौपाया क्षती भने नभएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया