अत्तरियाबाट छुटेको जीप बैतडीमा खस्यो
बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ ।
अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जीप पुर्चौडी नगरपालिका-६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
जीप चालक बझाङको बित्थडचिर गाउँपालिका-२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन् ।जीपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।
किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जीप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया